गण्डकी: बजेटको पहिलो प्राथमिकतामा कृषि, दोस्रोमा पर्यटन

कास्की | असार २, २०७९

गण्डकी: बजेटको पहिलो प्राथमिकतामा कृषि, दोस्रोमा पर्यटन

पोखरा:  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा पहिलो प्राथमिकतामा कृषिलाई राखको छ ।

 

पोखरामा आज  (बिहिबार) आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो प्राथमिकतामा कृषि र पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले बताए । 

‘पहिलोचोटी सरकार गठन हुदै गर्दा प्राथमिकतामा राखेको क्षेत्र पर्यटन र कृषि भन्ने कुरा विदितै छ, उनले भने, ‘कृषिलाई फोकस गरिएको छ । कृषिलाई समानिकरण,  व्यवस्थित, व्यवसायिककरण, बजारीकरण र उत्पादन वृद्धि नगरिकन प्रदेशमा आयात हुनेको वस्तुहरु छन् तिनलाई क्रमश प्रतिस्थापन गर्नका लागि उत्पादनमै केन्द्रीत हुनुपर्छ । त्यसैले हामीले कृषिलाई बढि फोकस गरेका छौं ।’ 

 

मन्त्री बरालले गण्डकी प्रदेशमा कृषिसँगै पर्यटनको अत्याधिक संभावना रहेको बताउदै पर्यटलाई समेत दोस्रो प्राथमिकतामा राखेको बताए । ‘कृषिसँगै पर्यटनलाई पनि जोड्नपर्छ । यो हाम्रो गण्डकी प्रदेशसँग अन्तरसम्बन्धित विषय हो । त्यसका साथ अतिरिक्त स्वास्थ्य, शिक्षालाई पनि विशेष महत्वका साथ अगाडी बढाएका छौं, उनले भने, ‘त्यसैले यो कुरा प्रष्ट पार्न चाहान्छु कि बजेटको प्राथमिकता भनेको एक नम्बार कृषि र दुई नम्बरमा पर्यटन छ । तीन नम्बर स्वास्थ्य छ त्यसैगरि अर्काे भनेको शिक्षा छ । र पूर्वाधार पनि छ ।’

उनले हरेक क्षेत्रसँग पूर्वाधारले प्रत्यक्ष सरोकार राख्ने उल्लेख गर्दै पूर्वाधारको लागि पनि आवश्य बजेट विनियोजन गरेको बताए । 

 

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट घोषणा गरेको छ । चालु बजेटको तुलनामा यसपटक ६ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको हो । 
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्