गण्डकी: बजेटको पहिलो प्राथमिकतामा कृषि, दोस्रोमा पर्यटन
कास्की | असार २, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा पहिलो प्राथमिकतामा कृषिलाई राखको छ ।
पोखरामा आज (बिहिबार) आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो प्राथमिकतामा कृषि र पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले बताए ।
‘पहिलोचोटी सरकार गठन हुदै गर्दा प्राथमिकतामा राखेको क्षेत्र पर्यटन र कृषि भन्ने कुरा विदितै छ, उनले भने, ‘कृषिलाई फोकस गरिएको छ । कृषिलाई समानिकरण, व्यवस्थित, व्यवसायिककरण, बजारीकरण र उत्पादन वृद्धि नगरिकन प्रदेशमा आयात हुनेको वस्तुहरु छन् तिनलाई क्रमश प्रतिस्थापन गर्नका लागि उत्पादनमै केन्द्रीत हुनुपर्छ । त्यसैले हामीले कृषिलाई बढि फोकस गरेका छौं ।’
मन्त्री बरालले गण्डकी प्रदेशमा कृषिसँगै पर्यटनको अत्याधिक संभावना रहेको बताउदै पर्यटलाई समेत दोस्रो प्राथमिकतामा राखेको बताए । ‘कृषिसँगै पर्यटनलाई पनि जोड्नपर्छ । यो हाम्रो गण्डकी प्रदेशसँग अन्तरसम्बन्धित विषय हो । त्यसका साथ अतिरिक्त स्वास्थ्य, शिक्षालाई पनि विशेष महत्वका साथ अगाडी बढाएका छौं, उनले भने, ‘त्यसैले यो कुरा प्रष्ट पार्न चाहान्छु कि बजेटको प्राथमिकता भनेको एक नम्बार कृषि र दुई नम्बरमा पर्यटन छ । तीन नम्बर स्वास्थ्य छ त्यसैगरि अर्काे भनेको शिक्षा छ । र पूर्वाधार पनि छ ।’

उनले हरेक क्षेत्रसँग पूर्वाधारले प्रत्यक्ष सरोकार राख्ने उल्लेख गर्दै पूर्वाधारको लागि पनि आवश्य बजेट विनियोजन गरेको बताए ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट घोषणा गरेको छ । चालु बजेटको तुलनामा यसपटक ६ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

